भनिन्छ, जीवन संघर्ष हो, त्यहि संर्घषको मैदामा जो भिड्न सक्यो त्यसले सफलता पाउँछ । त्यहि भएको छ कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका चनाई बनकट्ीकी ५० बर्षिय लक्ष्मी बोहोराको जीवनमा ।

तरकारी खेती लगायतका कृषि कर्म गरेर समृद्ध हुने सपना बुन्दा पारिवारिकरुपमा सहयोग नभएपछि तत्कालिन दश बर्षेजनयुद्धको समयमा विरक्तिएर मर्नभनेर रुखको टुप्पोमा गएर बसेकी लक्ष्मी बोरोको जीवनमा तरकारी खेती तथा कृषि कर्मबाट नै सफलता हाता परेको छ ।

प्युठान जिल्लाको सदरमुकाम खलंगा देखि केही किलोमिटर टाढा गाउमा बस्दै आएकी बोहोराले सुरुमा धनिया खेतीबाट आफ्नो कृषि कर्म सुभारम्भ गरेकी थिईन् । वि.स.२०६० साल तिरको अवस्था हो ।

५ रुपैयाँको तिन मुठा धनिया विक्रि गर्नको लागि उनी प्युठान जिल्लाको खलंगामा आउदा पहिलो दिनको आम्दानीले हौसीएकी थिईन् ।तर उनको खुसी घर जाँदा श्रीमानबाट टिक्न सकेन ।

किनकी उनी महिला भएकैकारण कृषि कर्म गरेर व्यापार व्यवसाय गरेको उनका श्रीमान्ले देख्न सक्दैनथे ।तर उनी हार मनिन्न । निरन्तररुपमा खेतीपातिमा लागिरहिन् ।

श्रीमान्बाट साथ नपाएर,ज्याद त्याग्नको लागि रुखको टुप्पोमा गएर रात विताएको उनको नमिठो अनुभव छ । तर जिन्दगीमा हार मानेर भन्दा संघर्ष गरेर अगाडी बढ्नपर्छ भन्ने आठोट लिएर उनले निरन्तर तरकारी खेती गरिन्, पशुपालनमा पनि उनको सौख थियो, बाख्रा, कुखुरा पाल्न थालिन्, जसबाट केही रुपैयाँ रकम जम्मा भयो, जस्ले आर्थिक स्थीतिमा सुधार आयो ।

द्धन्द्धको कारण गाउमा बस्न नसकेपछि उनी एक्लै श्रीमानलाई समेत गाउमा छाडेर कपिलवस्तु आइन् । वि.स.२०६२ सालमा उनले प्युठान जिल्ला छाडेर कपिलवस्तु आएकी हुन । कपिलवस्तु एक्लै आएकी उनले केही जग्गामा छाप्रो बनाएर आफुपनि बस्ने र तरकारी खेती संगै च्याउ खेती समेत गरिन् । उनी भन्छिन्–‘पाँच किलो च्याउ बेच्नको लागि तौलिहवा सम्म पुगे, कति स्थानमा च्याउ बेच्न हिनेको भन्दै हप्काए, मर्ने च्याउ ल्याउने भन्दै धम्कीपनि दिए, तर निरन्तर लागे ।’

सुरुमा ३७ वटा डल्ला च्याउमा खेती सुरुवात गरेकी बोहोराले पछि राम्रो स्थिती भएपछि प्युठान रहेका श्रीमान् पनि कपिलवस्तु आए र केही आर्थिक सहयोग गरि जग्गा समेत जोड्न भ्याईन् ।

कन्ये च्याउ खेती गरेकी उनले तत्कालिन समयमा १ सय रुपैयाँको पोका बनाएर डोकोमा बोकेर विक्रि गर्दै हिड्थिन्, अहिले पनि उनले त्यहि कृषि कर्मलाई निरन्तरता दिएकी छिन् । अहिले घर्तिले त्यहि तरकारी व्यसायबाट पक्की घर समेत बनाएकी छिन्, उनको सिको गरेर छिमेकामा अन्य महिलाहरुले समेत खेरा गएको जमिनमा तरकारी खेती गरेका छन् ।

रोचक कुरा के छ भने राजमार्गसंग जोडिएको उनको घरको कुनै पनि स्थान खाली छैन, जहाँ उनले तरकारी नरोपेकी हुन, अहिले केही कठ्ठा जग्गामा गहँु खेती गरेकी छिन् भने अन्य सबै स्थानमा तरकारी रोपेकी छिन् , बन्दा, काउली टमाटर खेती कास साथै प्याज, लसुन पनि उनले रोपेकी छिन् । यति मात्रै होईन् घरको कोठामा नै उनले बाख्रा समेत पालेकी छिन् ।

बार्षिक रुपमा टमाटर खेतीबाट ५० हजार रुपैयाँ आम्दानी गर्ने बोहोराले अन्य तरकारी खेतीबाट करिव ८० हजार भन्दा बढि आम्दानी गर्दै आएकी छिन् । त्यहि तरकारी खेतीबाट २ तलाको पक्की घर निर्माण गरेकी छिन्, जसको मुल्य अहिले करोड रुपैयाँ भन्दा बढि पर्छ । अहिले ३ वटा टनेलमा टमाटर ५ धुरमा निर्माण गरेकी छिन् ।