पछिल्लो दुई हप्तायता तरकारीको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन । तरकारीमा भएको मूल्यवृद्धिसँगै विपन्न परिवारलाई साँझ बिहान के तरकारी खाने भन्ने चिन्ता बढेको छ । सागसब्जीको चर्को मूल्यवृद्धिसँगै यसको कारोवार किलोमा भन्दा पाउको हिसाबमा गर्ने गरिएको छ । मूल्यवृद्धिले सबैभन्दा बढी मारमा विपन्न वर्ग परेका छन । 

 अरु महीनाको भन्दा वर्षायाममा तरकारीको मूल्यवृद्धि हुने गर्दछ । मूल्यवृद्धि अस्वभाविक ढङ्गले बढ्दै गए पनि यसको अनुगनम गरी मूल्य नियन्त्रण गर्नेतर्फ सरकारकोे पहल नभएको उपभोक्ताले गुनासो गरेका छन । बजार भाउ बिचौलियाको नियन्त्रणमा भएकाले तरकारी उत्पादक किसानले उचित मूल्य पाउन नसकेको जानकारहरु बताउछन । मूल्य आकाशिदै जाँदा यसको भाउ नियन्त्रण गर्ने तर्फ सरकारको ध्यान जनु जरुरी छ ।।।