मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा नं.२ मा रहेको बेलडाँगी गाउँमा ४३ बर्षका बिनोद महतो शारीरिक रुपमा अपांग हुनुहुन्छ । उहा ७ वर्षको हुँदा सामान्य ज्वरो लागेर उपचार गर्न नसक्दा दुवै खुट्टा नचल्ने भएपछी अहिले हिव्ल चेयर र बैशाखीको सहारामा कृषि पेसा अपनाउदै परिवार पाल्दै आउनुभएको छ । विद्यालयमा पढ्न नपाएपछि महतोले पुर्खाले अपनाएको करेसाबारी गर्दै एक श्रीमती र २ छोरीलाई पालिराख्नुभएको छ । अहिले उहाले तरकारी खेती गरेरै १० कट्ठा खेतबारी समेत जोड्नुभएको छ भने १७ कट्ठामा काउली खेति गरिरहनुभएको छ । गत जेष्ठ महिनामा साना किसान सहकारी संस्थाबाट ३ लाख ऋण लिएर तरकारी खेतिमै लगानी गर्नुभएको छ । तरकारी बेचेर नै ८० हजार ऋण तिरिसक्नु भएको छ । सोही खेतीको आम्दानीबाट स्वास्थ्य, शिक्षा, गासबास तथा कपासजस्ता आधारभूत आबश्यकता पुरा गर्ने गर्नुभएको छ । आफ्नो २ खुट्टा नचले पनि बैशाखी कै मदत बाट काम गर्दै नसकेको खण्डमा अरुलाई दैनिक पारिश्रमिक दिएर काममा लगाउने गर्गुभएको छ । मोरंग बिराटनगरबाट नागरिकता लिएका उहाले इटहरीको हवाई चोकमा बसेर तरकारी खेति गरिरहनुभएको छ भने त्यहिबाट अपाङ्गता कार्ड बनाएर अपांग भत्ता समेत लिनुभएको छ । तर उहालाई बसाई सराई नगरेका कारण श्रीमतीको नागरिकता समेत बनाउन सकेको छैन । कृषि क्षेत्रका लागि अनुदान दिए पनि आफ्नो पहुच नभएकोले पाउन सकेको छैन । बिनोदको परिवारमा आफु बिहे गरेर आएको १२ वर्ष भएसँगै कृषि पेसामै निर्भर रहेको उहाका श्रीमतीले बताउनुभयो । काउलीपछि काक्रा, बोडी भिंडी लगाउने र अहिले ६ कठा ठेक्का तिरेर समेत तरकारीबाली लगाउनु भएको छ । आधुनिक कृषि खेतिको बारेमा जानकारी नभएपिछ अर्गा्निक मल प्रयोग भएको छैन् । उन्नत बिउ बिजनको अभावका कारण परमपरागत रुपमै खेति गर्दै आउनुभएको छ । दैनिक रुपमा सिजनअनुसार १ देखि ५ बोरासम्म तराकारी बिक्रि हुने गरेको छ भने बिक्रिको लागि