नेपालमा पाईने गाईका जात र अन्य गाईको बारेमा जानकारी

प्रतिक्रिया

काठमाडौं। नेपालमा १० बर्षजति भयो गाई पालन व्यवसायिक रुपमा फष्टाउन थालेको । निर्वाहका लागि पालिने गाईलाई आम्दानीको स्रोत बनाउन थालेपछि अहिले युवाहरु पनि आकर्षित हुन थालेका छन् । तर गाई पालन गर्नुअघि आहारा, स्वास्थ्य तथा गोठ व्यबस्थापनका बिषयमा ध्यान दिनुपर्छ ।

कस्ता जातका गाईहरु नेपालमा पाईन्छ त ?

स्थानीय गाईका जातहरु :
१. अछामी गाई :

यो संसारकै सबैभन्दा सानो गाई । नेपालको सुदूरपश्चिमाञ्चल क्षेत्रको अछाम जिल्लामा उत्पत्ति मानिने यस गाईको उचाइ ८८ से.मी. तथा औसत तौल ११० कि.ग्रा. हुने गर्दछ । यो गाईलाई नौँ मुठे गाई पनि भनिन्छ ।
२. तराई गाई :

मुख्यरुपमा नेपालको तराई क्षेत्रमा पालिने यो गाई बहर उत्पादन गरी गाडा तान्ने र जोत्ने कार्यको लागि निम्ति पालिने गरिन्छ । हाल हरियाणा, जर्सी, साहिवालको वर्णसंकरले गर्दा तराई गाई करिब–करिब लोप अवस्थामा नै छ ।

३.पहाडी गाई :

नेपालको मध्य पहाडी भेगमा पाइने पहाडी गाईहरु भूटान, सिक्किम र दार्जि्लिङबाट भित्रिएको पाइन्छ । मुख्यतया यी गाईहरु गोरु, मल र धार्मिक र सामाजिक कार्यको लागि पालिन्छन् । यी गाईहरुको शारीरिक तौल २००–३०० के.जी सम्म हुन्छ । शरीरको रड्ड कालो, रातो, फुस्रो र टाटेपाटे पनि हुन सक्छ । पहाडी गाईले सरदर एक वेतमा १५०–२०० लिटर सम्म दुध दिन्छन् र सरदर ३–४ वर्षमा पहिलो चोटी ब्याउछन् ।

४. याक, नाक र चौरी :

यी गाईहरु नेपालको हिमाली क्षेत्रहरुमा पाइन्छन् । यी गाईहरुको ठूलो शरीर, लामा लामा तिखा सिंग र शरीर भरी भुत्ला भएका हुन्छन् । याकको पोथीलाई नाक भनिन्छ । याक र नाकलाई पहाडी गाई र गोरु संग प्रजनन गराई खच्चड उत्पन्न गरिन्छ, जसलाई चौरी भनिन्छ । पहाडी गोरु(किर्को) र नाकको प्रजननबाट निस्कने गाईलाई दिम्जो चौरी भनिन्छ भने गोरुलाई दिम्जो झोप्क्यो भनिन्छ । त्यस्तै याक र पहाडी गाईको प्रजननबाट जन्मने गाईलाई उरंग चौरी र गोरुलाई उरंग झोप्क्यो भनिन्छ । यस्तो अन्तर्जातीय प्रजननबाट जन्मने चौरीहरुले सन्तान उत्पादन गर्न सक्छन् भने भालेहरु (झोप्क्यो) ले सधै सन्तान उत्पादन गर्न नसक्ने हुन्छन् । दूध उत्पादनको लागि दिम्जो चौरी उत्तम मानिन्छ भने भारी बोक्न र चढ्नको लागि उरंग झोप्क्यो उत्तम मानिन्छ ।

५. लुलु :

लुलु गाई मुस्ताङ जिल्लामा पाइन्छ । यो गाईको जुरो हुदैन । यी गाईहरुको शारीरिक तौल १५०–२०० के.जी. सम्म हुन्छ ।
जर्सी स् नेपाल मा पालिने उन्नत गाई मध्य अत्यन्त लोकप्रिय जात। प्रती बेत ७,००० लिटर भन्दा बढी दुद दिन्छ।यस्को दुद मा ५।५ प्रतिसत भन्दा बढी फ्याट पाईन्छ। हाम्रो देश मा हाल जर्सी र स्थानिय को क्रस गराउदा औसत मा २६०० लिटर दुद दियको पाईन्छ।

६.होलिस्टेन फ्रिजन :

यो गाई संसार मा सबै भन्दा बडी दुद दिने गाई मानिन्छ। यस्ले प्रती बेत १०००० लिटर भन्दा बडी दुद दियको पाईन्छ। यस्को दुद मा ३।५ प्रतिसत फ्याट पाईन्छ।हाम्रो देश मा होलिस्टेन र स्थानिय को क्रस ले ३००० लिटर दुद दियको पाईन्छ भने पोखरा को भरत पोखरी भन्ने ठाउँ मा यस्तो क्रस गाई ले ८२६७ लिटर दुद दियको छ।

७.ब्रोन स्विस :

यो गाई ले औसत प्रती बेत ७५०० लिर्ट भन्दा बदी दुद दिने गर्दछ। हाम्रो देश मा यस्को स्थानिय सँग को क्रस ले औसत २८०० लितर सम्मा दुद दिने गर्दछ।
८.शाही वालः

यो गाई नेपाल मा कमै मात्रा मा पाईन्छ। यो गाई ले प्रती बेत औसत मा २५०० लितर दिने गर्दछ। यस्को दुद मा ४।६ प्रतिसत सम्मा फ्याट पाईन्छ। अरु नेपालमा न पाइने बर्ण शंकर जात हरु मा थारापार्कर ,गिर ,हरियाना लगायत का गाई हरु पर्दछन।