राष्ट्रिय खाद्य विकास बैंकले अर्गानिक तथा रैथाने कृषि उपजहरुको बिक्री केन्द्र आर केवि मार्ट काठमाडौंको बौद्धमा सञ्चालनमा ल्याएको छ । पोषिलो आहारको लागि दिगोे कृषि उत्पादन हाम्रो अभियान भन्ने नारा सहित अघि बढेको बैंकले ले काठमाण्डौको बौद्ध तिनचुलीमा मार्ट सञ्चालनमा ल्याएको हो ।
शनिबार एक कार्यक्रमका बीच मार्टको उद्घाटन प्रमुख अतिथि लामा गुरु खेन्पो नेवाङ् लुडुवले गरे । राष्ट्रिय खाद्य बैंकका कार्यकारी निर्देशक शंकरनाथ उप्रेतीले अर्गानिक कृषि उपजहरु हरेकको घरघरमा पु¥याउने जमर्काे रहेको बताए । राष्ट्रिय खाद्य बैंक व्यापारी नभइ किसानद्धारा उत्पादित अर्गानिक कृषि उपजलाई उपभोक्ताको हितका लागी काम गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको उनको भनाइ छ ।

उक्त मार्टमा किसानहरुले उत्पादन गरेको अर्गानिक र रैथाने कृषि उत्पादनहरु राखिने छ । राष्ट्रिय खाद्य बैंक एग्रो टुरिजम प्रमुख प्रा. डा. जीवनाथ धितालले आफै उत्पादन गर्ने र आफै उपभोक्ता माझ पुर्याउने उद्देश्यले स्वदेशमै रोजगारी सिर्जना गर्ने सोच बनाएर अगाडि बढनुपर्ने बताए । यसैगरी कार्यक्रमका प्रमुख अतिथि खेन्पो नेवाङ लुडुवले संसारको सबै प्राणी कृषिसँग जोडिएकाले किसानले उत्पादन गरेको कृषि उपज कृषकले नै उपभोग गर्न पाउनुपर्ने बताए ।

राष्ट्रिय खाद्य बैंकले बिस्तारै ७७ जिल्लामै अर्गानिक एवम् रैथाने कृषि मार्ट सञ्चालन गर्ने लक्ष्य राखेको छ ।