काठमाण्डौं । निर्वाचनका कारण आपूर्ति कम भएपछि काठमाण्डौं उपत्यकामा बढेको तरकारीको मूल्य घट्न थालेको छ । शनिबारदेखि तरकारीको आपूर्ति बढेका कारण मूल्य घट्न थालेको व्यापारीले बताएका छन् । स्थानीय तहको निर्वाचनले गर्दा बिहीबारदेखि उपत्यकामा कम तरकारी आएको थियो । शुक्रबार मतदानको दिन भएकाले तरकारी नआए पनि शनिबारदेखि तरकारी आउन थालेको कालीमाटीका थोक व्यापारीले बताएका छन् । बजारमा तरकारी मूल्य घटे पनि किन्ने ग्राहक नभएको व्यापारीले बताएका छन् । शनिबार थोकमै प्रतिकेजी एक सयदेखि ११० रुपियाँमा बिक्री भएको गोलभेँडा आइतबार दिउँसोदेखि ७० रुपियाँमा झरेकोे थियो। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार बजारमा ४२५ मेट्रिक टनको हाराहारीमा तरकारी भित्रिएको छ ।