कृषि पेशाबाट पलायन भएका किसानहरु स्मार्ट कृषि गाँउ लागु भएपछि पुन ः कृषि पेशामा फर्केका छन् । बाँकेको राप्ती सोनारी गाँउपालिका ७ फत्तेपुरका किसानहरु उत्पादन कम भएपछि मजदुरी पेशामा लागेका थिए । तर कृषि ज्ञान केन्द्र बाँके मार्फतस्र्माट कृषि गाँउ लागु भएपछि किसान पुनः कृषि पेशामा फर्केका हुन ।

बाँकेको राप्ती सोनारी गाँउपलिकाका अधिकासं कृषि पेशामा आवद्ध छन् । तर, पुरानै पद्धती र तरीकाबाट कृषि गर्दा, लगानी र मेहनत बढी, उत्पादन कम हुन थालेपछि किसानहरु कृषि पेशाबाट दैनिक ज्यालादारी मजदुरी काममा लागे । यता सरकारले कृषि ज्ञान केन्द्र मार्फत स्मार्ट कृषि गाँउ कार्यक्रम सञ्चालन गर्यो । कृषिमा यान्त्रिकिकरणको प्रयोगमा जोड र उत्पादन बढाउन किसानहरुलाई सहुलियतमा बिउ बिजन अनुदानमा उपलब्ध गराउन थालेपछि पुन ः त्यहाँका कृषकहरु कृषि पेशामा फर्किएका छन् । कृषि उत्पादनका लागि कृषि ज्ञान केन्द्रले हरेक सिजनमा हरेक बर्षमा किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषि समाग्री दिने र पकेट क्षेत्रका लागि मल बिउ ज्ञान केन्द्रले दिएपछि हौसला थपिएको किसानको भनाई छ ।

बर्खामा धान , हिउँदमा आलु मात्रै उत्पादन गरिरहेका किसानहरु २०७५ साल देखि १२ रै महिना खेती गरिरहेका छन् । स्मार्ट कृषि गाँउ लागु भएपछि अहिले १ सय ७ घर धुरीले सिजन अनुसार खेती गरेका छन् । तर नेपाल सरकारबाट स्वीकृत भएको मकै भन्दा भारतीय मकैको उत्पादन बढी भएपछि उनीहरु भारतीय मकैको बिउमा निर्भर रहेको फत्तेपुर स्मार्ट कृषि गाँउका सचिब खोज लाल थारु बताउँछन् ।
बाइट ः खोज लाल थारु, सचिब, स्मार्ट कृषि गाँउ फत्तेपुर, राप्ती सोनारी गाँउपालिका ७ फत्तेर बाँक
स्मार्ट गाँउ लागु भएपछि फत्तेपुरका किसानहरु पुर्ण रुपमा कृषिमा अबद्ध भएको कृषि ज्ञान केन्द्रको दाबी छ ।

राप्ती सोनारी गाँउपालिकाले पनि कृषकहरुलाई प्राविधिक सहयोग गर्दै आएको छ । नेपाल सरकारले मान्यता दिएको मकै पाक्न धेरै समय लाग्ने, घोघा लामो भएपनि कम दाना लाग्ने, धेरै अग्लो हुने र उत्पादनमा कमी आएको कारणले किसानहरु भारती मकैको बिउ लगाउँछन् ।

कृषि पेशाबाट पलायन भएका बाँकेका किसानहरु स्मार्ट कृषि गाँउ स्थापना पछि पुनः कृषि मै फर्किए । स्मार्ट कृषि गाँउको प्रभाव राप्ती सोनारी गाउँपालिकामा राम्रो भएकाले अन्य स्थानीय स्तरमा पनि स्मार्ट गाँउ सञ्चालन गर्न जरुरी छ ।