कृषि पथ मोवाइल एप्प प्रभावकारी बनाउन घरेलु तथा साना उद्योग महासघं बाँकेले स्थानीय तहसँग माग गरेको छ । खजुरा गाउँपालिकालाई ज्ञापन पत्र बुझाउँदै महासंघले एप्पको प्रयोग प्रभावकारी बनाउन माग गरेको हो ।

घरेलु तथा साना उद्योग महासघं बाँकेले कृषि पथ मोवाइल एप्प सञ्चालन गरीरहेको छ । सञ्चालनमा रहेको मोवाइल एप्प सञ्चालन खजुरा गाउाँपालिका प्रभावकारी बनाउन महासंघले गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको छ । महासंघले बुझाएको ज्ञापन पत्रमा सरकारले व्याजमा छुट गराइ किसानहरुलाई करार खेती गर्न जमिन उपलब्ध गराउने व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्न माग गरेको छ । साथै, मोबाइल एप्सलाई प्रभावकारी बनाउन गाँउपालिकाले नै प्रविधिक तालिम दिने समेत व्यवस्था मिलाउनु पर्ने ज्ञापन पत्रमा उल्लेख छ ।

ज्ञापन पत्र बुझदै खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले आगामी आर्थिक बर्षमा सबै विषय समेटिने गरी बजेट विनियोजन हुने आस्वासन दिएका छन् । उनले महासघंले गरेको कार्यलाई प्रशंसा गर्दैे गाँउपालिकाबाट अगामि दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जाहेर पनि गरे ।

घरेलु तथा साना उद्योग महासघंले सञ्चालन गरेको कृषि पथ एप्स प्रभावकारी भए किसानहरुले घरमै बसेर उत्पादन भएका तरकारी बिक्री गर्ने र बिचौलियाको अन्त्य हुने छ । बाँकी ४ गाँउपालिका नरैनापुर, जानकी, डुडुवार राप्ती सोनारी गाँउपालिकालाई पनि विस्तारै एप्पमा संलग्न गराउने महासंघको योजना छ । महासंघले कोरोना महामारीको समयमा बाँकेका ३ वटा स्थानीय तहलाई स्वास्थ्य समाग्री पनि वितरण गरेको छ । घरेलु महासघं र केयर नेपालको आर्थिक सहयोगमा गत बर्षको लकडाउनमा पानी र खाजा वितरण गरेको महासंघले यस पटक भने ५ लाखको सर्जिकल समाग्री वितरण गर्न गरेको हो ।