सरकारले बर्डफ्लू प्रभावित क्षेत्र घोषणा गर्ने अधिकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई दिएको छ । राजपत्रमा सूचना प्रकाशित गर्दे बर्डफ्लू प्रभावित क्षेत्र घोषणा गर्ने अधिकार मन्त्रालयलाई दिएको हो । ‘बर्डफ्लू शीघ्र नियन्त्रण गर्ने उद्देश्यका लागि आगामी दिनमा बर्डफ्लू देखा परेमा बर्डफ्लू नियन्त्रण नियमावली २०६ को उपनियम (३) बमोजिम बर्डफ्लू प्रभावित क्षेत्र घोषणा गर्ने अधिकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई प्रत्यायोजन गरिएको छ,’ राजपत्रमा भनिएको छ ।
यसअघि मन्त्रिपरिषदको बैठकले बर्डफ्लू प्रभावित क्षेत्र घोषणा गर्दै आएको थियो । फागुन पहिलो साता काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ र चितवनको राप्ती नगरपालिका–६ लाई बर्डफ्लू प्रभावित क्षेत्र घोषणा गरिएको थियो ।