तातोपानी भन्सार नाकाबाट बिहीबार थप २ सय ३२ मेट्रिक टन रासायनिक युरिया मल नेपाल भित्रिएको छ । बुधबार पनि २३२ मेट्रिक टन युरिया मल भित्रिएको थियो । बुधबार भित्रिएका मल प्रयोगशाला परीक्षण गरी राजधानी पठाइएको तातोपानी सुक्खा बन्दरगाह भन्सार प्रमुख नारद गौतमले जानकारी दिए । रासायनिक मलको चर्को अभाव झेल्दै आएका किसानलाई यसले केही राहत हुने बताइएको छ ।
सिल्क मार्केटले चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी पाएको थियो । बोलपत्र पाएपछि छ महिनाअघि सो कम्पनीले पहिलो खेपमा एक हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ । अहिले बाँकी मल ल्याउन थालिएको कम्पनीले जनाएको छ ।