काठमाण्डौं । मोरङमा फेरी बर्ड फ्लू पुष्टि भएको छ । जिल्लाको बुढिगंगा गाउँपालिका वडा नं ७ जय माता भुल्केदेवी कृषि फार्ममा बर्ड फ्लू पुष्टि भएको भेटनरी अस्पताल मोरङले जनाएको छ । सिडियोको अध्यक्षतामा ‘बर्ड फ्लू नियन्त्रण समिति’ को बैठक बसेर फार्म भित्र रहेका बाँकी कुखुरालाई नष्ट गर्ने कार्य थालिएको अस्पतालले जनाएको छ । रोग अन्यन्त्र नफैलियोस् भनेर फार्ममा भएका अन्य कुखुरा पनि नष्ट गर्न लागिएको हो । उक्त फार्ममा ३० हजार ३ सय लेयर्स कुखुरा रहेका छन् । झण्डै दुई महिनाको अवधिमा चार वटा प्रदेशका १३ जिल्लामा बर्डफ्लूको संक्रमण देखि सकेको छ । पछिल्लो विवरणअनुसार प्रदेश १ का मोरङ, उदयपुर र सुनसरी, मधेश प्रदेशका बारा, पर्सा र धनुषा, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक एवं गण्डकी प्रदेशको कास्कीमा संक्रमण पुष्टि भएको हो । यो आर्थिक वर्षमा मोरङबाट नै नेपालमा बर्डफ्लू संक्रमण पुष्टि भएको थियो ।