काठमाडौं । ललितपूरको पाटन दरबार स्क्वायरमा अग्यानिक एग्रो फियर मेलाको आयोजना गरिएको छ । कंचन टि रिर्सच सेन्टर र अग्र्यानिक एसोसिएसन नेपालले उक्त मेलाको आयोजना गरेको हो । नेपाली उत्पादनलाई उपभोग गरी कृषि क्षेत्रलाई प्रेत्साहन ,प्रवद्र्धन गर्नुका साथै कृषि सम्बन्धिका वस्तुहरुलाई बजारीकरण गर्ने मेलाको मुख्य उदेश्य रहेको अग्र्यानिक एग्रो फियर मेला संयोजक शान्ता बाँस्कोटा कोइरालाले जानकारी दिनुभयो । नेपाल अधिराज्यका सातै प्रदेशका किसानहरुको सहभागिता रहने उक्त मेलाले किसानहरुलाई कृषि बजारीकरणमा महत्वपूर्ण भूमिका खेल्नुका साथै कृषि पेसामा थप हौसला प्राप्त हुने आयोजक संस्थाले विश्वास लिएको उहाँले बताउनु भयो ।

नयाँ वर्ष २०७९ सालको अवसर पारेर भोलिबाट सुरु हुने उक्त मेला बैशाख ५ गते सम्म लाग्ने छ । मेलामा पचास वटा स्टल रहनेछन् भने दुईसय भन्दा बढी कृषि उत्पादित सामग्रीहरु चिया, कफी ,हर्वलका उत्पादनहरु ,फलफूल ,जडीबुटी ,तरकारीहरु पाइनेछन् ।