काठमाण्डौं । मङ्गलवार राती पानी परेका ठाउँका किसानलाई राहत मिलेको छ। खेतमा लगाएको अन्नबाली र तरकारी बालीलाई सिँचाइ उपलब्ध भएपछि किसान खुसी भएका छन्। खास गरि बर्खेबाली तथा लहरे तरकारी लगाएका र लगाउने तयारीमा रहेका किसानलाई राहत मिलेको हो । खेतबारीमा चिस्यान भएपछि धेरै किसान मकै तथा तरकारीबाली रोप्ने काममा जुटेका छन् । चैतेबाली थन्क्याएपछि पानी नपर्दा जग्गा खनजोत हुन सकेको थिएन । पानी परेपछि अब मकै, कोदो र बर्खे धानको धुले ब्याड राख्न मिल्ने किसान बताउछन्। पछिल्लो पानीले तरकारी खेती गर्न पनि सहज भएको किसानले बताएका छन् । तर पानी पर्नुअघि चलेको हावाहुरीले आँप, लिचीसहित फलफूलका चिचिला झारेको छ।