काठमाण्डौं । मकवानपुर हेटौंडा उपमहानगहजारौंको संख्यामा कुखुरा, अण्डा नष्टपालिकाको २ मा बर्ड फ्लू पुष्टि भएको छ । व्यवसायीक कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाले जनाएको छ । हेटौंडा–७, नागश्वती र हेटौंडा–१८, हर्नामाडी क्षेत्रमा व्यवसायीक कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भएको हो । उक्त क्षेत्रबाट कुखुरा ६ हजार, अन्डा ११ हजार ५९६ वटा, दाना ३ बोरा नष्ट गरिएको छ । पछिल्लो समय विभिन्न जिल्लाहरुमा बर्डफ्लु फैलिएको छ । पशु सेवा विभागले बर्डफ्लु फैलिन नदिन सुरक्षा अपनाएको बताएपनि त्यसको प्रभावकारीता भने देखिएको छैन ।