काठमाण्डौं । पाल्पाको तानसेन नगरपालिका ५, का केशव कार्की एक सफल च्याउ किसान हुन् । उनले १४ वर्षअघि आफ्नै जग्गामा करिब ५० हजार रुपैयाँ लगानीमा च्याउ खेती सुरु गरे ।

ऋणधन खोजेर च्याऊ खेती थालनी गरेका कार्की यतिबेला लुम्बिनी प्रदेशकै अगुवा च्याऊ किसानका रुपमा आफ्नो पहिचान बनाइसकेका छन् । चिन्नेहरुले उनलाई स्थापित र सफल च्याऊ किसानका रुपमा चिन्छन् । अहिले उनले च्याऊ खेतीबाट मात्र वार्षिक ३ करोड रुपैयाँको कारोबार गर्छन् । आफुले च्याउ खेती गर्दा अरुले पनि रोजगारी पाएको र जीवनस्तरमा सुुधार हुन थालेको उनको भनाई छ ।

भैरव च्याऊ उद्योग प्रालि मार्फत उनि विभिन्न प्रजातिको च्याउ खेति गर्दै आएका छन्। उनको फर्ममा बिशेष गरि रातो च्याउको उत्पादन बाढी मात्रामा हुने गरेको छ।