मोरङको सुन्दरहरैंचास्थित लुमा घरेलु अल्लो कपडा उद्योगको आयोजनामा अल्लो कपडा बुनाई तालिम सम्पन्न भएको छ । प्रदेश १ का सांसद् राजकुमार ओझाको प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रमको आर्थिक सहयोगमा सञ्चालित १ महिने तालिम शनिबार समापन गरिएको हो । लुमा घरेलु अल्लो कपडा उधोग सुन्दरहरैंचाको आयोजना र प्रदेश १ का सांसद राजकुमार ओझाको प्रदेश निर्वाचन बिशेष कार्यक्रम अन्तर्गतको आर्थिक सहयोगमा १ महिने तालिमको सपन्न भएको छ ।

लुमा घरेलु उधोगले आफै अल्लोबाट धागो र कपडा उत्पादन गरि तयारि पोशाक स्वदेश तथा विदेशमा पठाउने गर्दछन । उद्योगका सञ्चालक अशोक राईको सभापतित्वमा भएको समापन कार्यक्रममा सहभागी प्रशीक्षार्थीहरुलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै प्रदेश सांसद् राजकुमार ओझाले अल्लो कपडा बुन्ने तालिम लिएका महिलाहरुले अब आत्मनिर्भर बनेर अघि बढ्नुपर्ने भन्दै त्यसका लागि यथासक्य सहयोग गर्न आफु तयार रहेको उल्लेख गर्नुभयो । उहाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षमा उद्यमीहरुका लागि विनाव्याज ऋण प्रदान गर्ने कार्यक्रम राखेको समेत जानकारी दिनुभयो । सो तालिममा सहभागी भएका १५ जना महिलामध्ये ५ जनालाई सो उद्योगले नै रोजगारी दिएको र अन्यलाई समेत स्वरोजगार बन्न सहयोग गर्ने उद्योगकी सञ्चालक सीता राईले जानकारी दिनुभयो । यस्तै तालिममा सहभागी महिलाहरुले समेत तालिम लिएपछि आफुहरुलाई आत्मनिर्भर बन्ने विश्वास पलाएको प्रतिकृया दिएका छन् । यस्तै सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले महिलाहरु उद्यमी बनेर आय आर्जनमा लागे मात्र अन्य क्षेत्रमा समेत अघि बढ्न सक्ने भन्दै उद्यमी बन्न चाहने महिलाहरुलाई नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

यस्तै कार्यक्रमका सभापति तथा उद्योग सञ्चालक अशोक राईले धेरै भन्द धेरैलाई अल्लो कपडा बुन्ने तालिम प्रदान गरेर उद्यमी बनाउने अभियानमा आफु लागेको बताउनुभयो । उहाँले आफुले तालिम लिने बेलामा धेरै ठाउँ धाउनु परेको भन्दै तालिम लिन चाहानेलाई सहयोग गर्न आफु सँधै तत्पर रहने उल्लेख गर्नुभयो । स्वदेश तथा विदेशमा समेत माग हुने यस प्रकारका उद्योगहरुको विकास र विस्तारका लागि सरकारी स्तरबाट सहयोग भए आफुहरु उत्पादन वढाउन सक्ने सञ्चालकहरु वताउछन । अर्को तर्फ भने राज्यले राई जस्तै उद्दमिहरुलाई प्रोत्साहन गर्न जरुरी देखिन्छ ।