भनिन्छ, गरे के हुँदैन् अहिले कुमारले करेसा बारीमै व्यवसायीक अम्बा खेती गरेर लाखौं आम्दानी गर्दै आएका छन् ।

महालक्ष्मी नगरपालीका वडा नम्बर ७ धनकुटाका कुमार पौडेलको दैनिकी अम्बा स्यहार्दैमा बित्छ । कुमारले ४ रोपनीमा व्यवसायीक अम्बा खेती गर्दै आएका छन् । महालक्ष्मी नगरपालिका वडा नम्बर ७ धनकुटाका कुमार पौडेलको करेसाबारी भित्र रुखैभाँचिने गरी लटरम्म फलेको यो अम्बाको रुख । यो अम्बाको रुख हेर्दा मन नलोभिने कमै होला । यसरी मनै लोभिने गरेर लटरम्म फलेको करेसाबारीको अम्बामा बाटोघाटो हिड्नेहरुको नजर नठोक्कीने त कुरै भएन । रहरै रहरमा जानीनजानी अम्बाको व्यवासायीक खेति सुरु गरेका कुमारको दैनिक दिनचर्या अम्वा स्याहार्दैमा वित्छ । एक दुइ बोट गर्दै चार वर्ष अगाडिबाट सूरु भएको उनको अम्वाको व्यवासायीक खेति अहिले करिव तीनदेखि चार रोपनी जग्गामा फैलिसकेको छ ।

उनको बैगैचामा लोकल जातका अम्बादेखि हाइब्रिड जातका कासे अम्बा पनि लटरम्मै फलेको देख्न सकिन्छ । अम्बा विशेष गरेर मंसिर पुसको महिनामा पाकेर खान योग्य हुन्छ । फल पाकेसंगै कुमारका करेसाबारी वरिपरी अम्बाको मगमग बासनाले वातावरण नै सुघन्धीत र मगमगाउ छ । अम्बाको व्यवसायीक खेतिबाट विना झन्झट छोटो समयमा धेरै उत्पादन र फाइदा लिन सकिन्छ । सिजनमा लटरम्मै फलेको करेसाबारीको अम्बाले मनै प्रफुल्ल त हुन्छ नै तर, कुमारलाई एउटै कुराले पिरोलिरहन्छ, बजार नपाउलाकी भनेर ।

बाटोबाट हेर्दाखेरी नै मनै आनन्दीत बनाउने उनको करेसाबारीले सबैको ध्यान खिच्ने मात्रै होइन, सिजनमा बाटो हिड्ने बटुवाहरुले नै उनको व्यवासाय धानीरहेका हुन्छन् । पाकेको फल देखेपछि प्राय सवैले करेसाबारी बाटै किनेर लाने गरेको कुमार बताउछन् । उनको करेसाबारीबाटै ३० रुपैया किलोमा अम्बा बिक्छ । बाकी रहेकालाई बिक्रीका लागि आफै पनि बोकेर उनी बजार जान्छन् । बजारमा अम्बा बिक्ने मात्र नभएर तरकारीसंग साटिन्छ पनि । अन्यथा बिग्रीने जति गाइभैसीलाई खोले पकाएर पनि दिने गरेको उनी सुनाउछन् ।

व्यवासायीक खेति पछि कुमार जस्ता कृषकहरुलाई उत्पादन पछि बजार नपाउलाकी भन्ने चिन्ताले त सताउँछ नै । कुमारलाइ पनि स्थानीय सरकारको व्यवास्ता छ । कृषी प्रदान देश भनेर चिनिने हाम्रो जस्तो मुलुकमा जवसम्म किसानले उत्पादन गरेको कृषी उपज पहिलो प्राथमिकताका साथ बजार ज्ञारेन्टी हुदैन, तव सम्म सरकारको ‘समृद्धि’को नारा नारामै सिमित हुने निश्चित छ ।