मोरङको सुन्दरहरैचामा विदेशबाट आएका युवाहरुले सञ्चालन गर्दै आएको मृद्ध कृषी फार्म प्रा.लि विवादमा आएको छ । लाखौँ लगानी गरेर सञ्चालन गरेका फार्म जग्गा धनीले सुटुक्क तेस्रो पक्षलाई सुम्पिएपछि फार्म सञ्चालक लगानी डु्ब्ने त्रासमा छन् ।

मोरंग सुन्दरहरैंचा नगरपालिका–१० खोर्सानेका ४ युवा विदेशबाट फर्किएपछी नेपालमा केहि गर्छु भन्ने सपना बोक्दै कृषि क्षेत्रमा लाग्ने सोच बनाए । स्थानीय बिरबहादुर भट्टराई, धुर्बकुमार खत्री, दिनेश खड्का र दलबहादुर बिष्टले बेलबारी नगरपालिका–७ का गौरब कुमार कार्कीको ५ बिघाहा ९ कट्ठा जमिनमा फार्म सञ्चालन गर्न १० वर्षका लागि सम्झौता गरे । ०७५ बैसाख १ गतेदेखि लागुहुने गरी बार्षीक दुइ लाख २० हजार जग्गा धनीलाई बुझाउने सम्झौता समेत भयो । तर, सम्झौता भएको दुइ वर्ष नवित्दै जग्गा धनीले कृषी फार्म हडपेका छन् ।

दलबहादुर बिष्ट र धनकुमार खत्रीको नाममा फार्म सञ्चानमा छ । फार्मको रेखदेख र हेरबिचारका लागि बिरबहादुर र दिनेशलाई जिम्मा दिएइको थियो । धन कुमार रोजागारीका लागि विदेश गएका छन् । जेनतेन बिष्ट एक्लै धान्दै आएको फार्म छोडेर उनी पनि अहिले बेपत्ता भएका छन् । उसले वरिपरिका स्थानियहरुको रकम लिएर भागेको स्थानीको आरोप छ ।

कोरोना महामारीका कारण मुलुकमा लकडाउन भएपछि सम्झौता अनुसार भाडा बुझाउन नसकेको उनीहरुको गुनासो छ । तर, दुइ महिना अगाडि नै जग्गा धनी गौरव कार्कीले आफुहरुसंग सल्लाह नै नगरी तेस्रो पक्षलाई फार्म हस्तान्तरण गरिएको पिडितको भनाई छ । फार्म सञ्चालक विष्ट बेपत्ता भएपछि लामो समयदेखि कर्मचारीले तलव पाएका छैनन् । त्यसैले कार्कीले स्थानीय सरकारसँगको समन्वयमा नै सम्पति संरक्षणका लागि भन्दै तेस्रो पक्षलाई फार्म सञ्चालनको जिम्मा दिएको बताउँछन् ।

नियम पूर्वक सञ्चालन हुँदै आएको कृषी फार्म तेस्रो व्यक्तिलाई जिम्मा लगाएपछि स्थानीयले पनि विरोध जनाएका छन् । यता, आफुहरु अन्यायमा परेको भन्दै बिरबहादुर र दिनेश उजुरी लिएर प्रहरीकोमा जाँदा प्रहरीले दर्ता गर्न नमानेको उनीहरुको गुनासो छ । यता, सरोकार वाला निकाय भने किसान नचिन्ने कृषी नीति कै कारण बेखवर जस्तै बनको छ ।