रुकुमपूर्व भूमे गाउँपालिकाले कृषकलाई निः शुल्क फापर र तोरीको बिउ वितरण गरेको छ । फापर र तारी लगाउने समय भएकाले बीउ वितरण गरिएको जनाइएको छ । रैथाने तथा लोपउन्मुख फापर र तोरी बालीको लागि कृषकलाई खेती गराउने प्रोत्साहन स्वरुप गाउँपालिकाले उक्त बीउ निःशुल्क वितरण गरेको हो । कृषकलाई जग्गाको आधारमा दुई देखि १० केजी सम्म बीउ गाउँपालिकाको वितरण गरेको छ । हाल सम्ममा फापरको बीउ एक क्विन्टल वितरण भइसकेको गाउँपालिकाले जनाएको छ । तोरीको बीउ भने हाल सम्ममा कुनै पनि कृषकले लिन आएका छैनन् । निःशुल्क वितरण गरेको बीउको उत्पादन पछि कृषकलाई प्रोत्साहन स्वरुप बजारको मूल्य भन्दा ५० प्रतिशत मूल्य थपेर गाउँपालिकाले खरिद गरिदिने जनाएको छ ।