गुल्मी। धुर्कोट गाउँपालिका ६ कुतिखोलाका २९ वर्षिय हरि भण्डारी विदेशबाट फर्केर आफ्नै इलम गरेर बसेका छन्। लाखौं ऋण लिएर रोजगारीका लागि उडेका भण्डारीले झण्डै ६ वर्ष विदेशको तातो घाममा पैसा कमाउनकै लागि विताए । खासै कमाइ गर्न नसकिएपछि खर्च जुटाएर घर फर्किएको उनले रिपोर्टिङ गर्न पुगेका स्थानीय युबा युबराज भण्डारी लाई बताए ।
स्थानीय युबा भण्डारी सग कुरा गर्दै भण्डारीले भने स्वदेश फर्किसकेपछि के गर्ने भन्ने मेलोमेसो त्यति थाहा नपाएका भण्डारी गाउँमै पोल्टी फर्म खोलेर कुखुरा पालनमा जुट्ने निधो गरे । भण्डारी भन्छन, ‘यताको सबै माहोल हेर्दा त कहिले फेरी विदेश जाऊ जस्तो पनि हुन्थ्यो ।’ तर गाउँकै युवा हस्त बुढाले उनलाई ठुलो उर्जा दिए । स्वदेशमै केहि इलम गरे सुन फल्छ किन विदेश धाउने भन्ने कुरा साथीले गरेपछि अहिले ‘पार्सपोर्ट सिरानीमुनि थन्क्याएको छु, अर्काको देशमा गई दुःख गर्नु भन्दा त यतै राम्रो लागेपछि कुखुरा पालनमा जुटेकाे बताउछन्।

कुखुराका अन्डा टिप्दै उनले भने, ‘अब विदेश जाने सोच छैन, गाउँमै व्यवसायीक रुपमा कुखुुरा पालन गर्दै आएको ८ महिना भयो । आफ्नै देशमा दुःख गरी मनग्य आम्दनी गरिरहेको छु ।’ विदेशमा ६ वर्ष काम गरेर आएका उनले कुखुरा पालनबाट झन्डै मासिक ३० हजार बढी आम्दानी गरिरहेको सुनाए । विदेशबाट ठुलो ठक्कर खाएर जन्मभुमि सम्झी आएका भण्डारीले कुखुरा पालन गरेका हुन् ।
आफ्नै ५ लाख बढीको लगानीमा ८० ओटा लोकल कुखुरा र २०० ओटा लेहर्स जातका कुखुरा पालन गरेका छन् । कुखुराले दैनिक ८० देखि १०० ओटा सम्म अन्डा पर्दछन। पहिला ६ वर्ष विदेश बसेको र बिदेशीबाट आएर आजभोली कुखुरा पालन गरेको उनकी आमाले बताउछिन् । छोेरो राम्रो बाटोमा लागेर आफ्नै देशमै केही गर्न थालेको प्रति उनी निकै खुसी छन् । त्यस्तै उन्का बुबा धनिशोर भण्डारि पनि उस्तै खुसी छन् । विदेशबाट आएकाहरु कोहि घरमा बस्दैनन्, बसेपनि व्यापार व्यवसाय कसैको छैन्, तर आफ्नो छोरो गाउँमै बसेर कुखुरापालन व्यवसायमा लाग्दा सारै राम्रो काम गरेको सुनाए ।

कुखुरा पालनको तालिम नलिएपनि विदेशमा गएर उनले आफ्नै ठाउँमा केहि गरेर नाम कमाउने ईखले नै कुखुरापालनमा लागेको बताउछन् । हाल झण्डै २ सय ५० बढी कुखुरा छन् । सिजनअनुसार कारोबार राम्रो हुने गरेको छ ।
‘विदेशमा भौतारिनुभन्दा यँही काम गर्ने जाँगर चल्यो, भण्डारीले भने। विदेशिएकाले कमाउन भन्दा राम्रो सुरक्षित रुपमा यही मनग्य कमाएपछि किन जानु पर्योे विदेश भन्दै व्यंगे समेत गरे । निरन्तर पालनमा झन्झट भए पनि उपभोक्ताले अण्डादेखि ठूलो भइसकेका कुखुरा खोरबाटै लिन्छन, कोहि टाढा बाट आउनेहरु अर्डर थालेपछि यो व्यवसाय फस्टाउँदै गएको उनको भनाइ छ ।

‘स्वदेशमै केही गर्न सक्छु भन्ने लाग्यो, कुखुरा पालनमा लागे यसैको आम्दानीले जीवनस्तर अहिले माथि उठेको छ । भण्डारीका अनुसार अब यसै व्यवसायलाई दिगो बनाएर, व्यवसायीक रुपमा चल्ला उत्पादन गरी सप्लार्यस बन्ने याेजना रहेकाे छ । स्थानीय सरकारले सहयोग गरेको खण्डमा अन्यलाई रोजगारी दिने हिसाबले व्यवसायलाइ थप ठूलाे बनाउने भण्डारीले बताए। (सोही ठाउका स्थानीय युबा Agroforestry Daily News का सस्थापक युबराज भण्डारी ले ब्याबसायिक कुखुरा पालक कृषक हरि भण्डारी सङ गरेको कुराकानी )