काठमाडौं । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको कोभिड १९को सम्बन्धमा सरकारले गरेका कामकारवाहीको अनुगमन गर्न गठित उपसमितिले बिभिन्न अस्पतालको स्थलगत अनुगमन गर्दै कोरोना उपचारका बारेमा जानकारी लिएको छ ।
उपसमितिले आइतबार ग्रान्डी अस्पताल, केएमसी अस्पताल र ह्याम्स अस्पतालको अनुगमन गरेको हो । निरिक्षणका क्रममा ग्रान्डी अस्पताल र ह्याम्स अस्पालमा श–सुल्क सेवा दिएर कोराना संक्रमितको उपचार भइरहेको र २० प्रतिशत बेड कोरोना उपचारमा छुट्याइएको पाइएको उपसमिति संयोजक जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त अस्पतालमा कोभिड र ननकोभिडको उपचारको व्यवस्था व्यवस्थीत रहेको पाइएको उहाले बताउनुभयो । त्यस्तै केएमसी अस्पतालमा कोभिड र ननकोभिडको उपचारको व्यवस्थापनमा कमजोरी देखिएको उहाले बताउनुभयो ।

उहाले बिभिन्न अस्पतालहरुमा कोरोना उपचारका लागि व्यवस्थीत रुपमा काम गर्न सुझाव दिइएको जानकारी दिनुभयो । कोभिड १९को उपचार रोकथाम र नियन्त्रणका लागि भएका कामका बारेमा उपसमितिले निरन्तर अनुगमन गरिरहेको छ ।