अर्घाखाँचीको शितगंगा नगरपालीकाले उत्पादनका आधारमा अनुदान वितरण कार्य सञ्चालन गरेको छ । गत आर्थिक बर्ष ०७६–७७ मा नगरपालीका भित्र उत्पादन गरी सहकारी मार्फत बजारीकरण गरेका खसि बोका, लोकल कुखुरा तथा तरकारी कृषकहरुलाई अनुदान वितरण गरिएको हो । नगरपालीकामा रहेका नौ वटा कृषि सहकारी मार्फत बजारीकण गरेका किसानलाइ खसिबोका तथा लोकल कुखुरामा प्रति केजी ५० का दरले र तरकारी तथा फलफूलमा प्रति रोपनी पाँच हजारका दरले अनुदान वितरण गरिएको छ । जस अनुसार वडा नं २ को शितगंगा कृषि सहकारी मार्फत ३० किसानलाइ ३ लाख ४२ हजार एक सय, वडा नं ३ को आधारशिला कृषि सहकारीमा १ सय ४० कृषकलाइ १४ लाख ३३ हजार आठ सय र वार्ड नं. ८ को जलुके कृषि सहकारी मार्फत ४० कृषकहरु लाई ४ लाख ३५ हजार छ सय रकम वितरण गरिएको हो । शितगंगा नगरपालीकाले गत आर्थिक वर्षमा ७३ लाख रकम उत्पादनका आधारमा अनुदान वितरणका लागी कृषि सहकारीलाइ भुक्तानी गरीसकेको, कोरोना महामारीका कारण समयमै वितरण गर्न नसकिएकोले आजबाट वितरण सूरु गरिएको नगरपालीकाले जनाएको छ ।।