दक्षिण कोरियामा बन्दाकोपीको अभाव भएको छ । बन्दकोपी अभाव हुँदा त्यहाँको प्रमुख खानेकुरा किम्ची पाउन मुश्किल पर्न थालेको छ । अगस्ट र सेप्टेम्बर महिनामा कोरियाली प्रायद्वीपमा आँधीतुफान, बाढी र पहिरो आएकाले बन्दाकोपीहरू नष्ट भएका थिए । त्यसपछि बन्दाकोपीको मूल्य ह्वात्तै बढेको छ । बन्दाको अभाव भएपछि मूल्य ६० प्रतिशतसम्म बढेको छ । अझ किम्ची बनाउने मौसम शुरू हुनै लाग्दा यस्तो अभाव देखिएको हो । दक्षिण कोरियालीहरू बन्दाकोपीमा खुर्सानीको धूलो, लसुन र अन्य मसला राखेर किम्चीको अचार खाने गर्दछन् ।