रुपन्देहीको सैनामैना नगरपालिकामा गत भदौ महिना देखि ९ महिनाको लागि भन्दै एउटा परियोजना चलिरहेको छ । सैनामैना नगरपालिका र विदेशी दातृ निकाय यू एन डीपीको सहयोगमा कृषि क्षेत्रमा परियोजना सञ्चालन भैरहेको हो । तर, जसबाट किसानहरुले लाभ भन्दापनि हैरानी व्यहोरिरहेका छन् ।

कृषि क्षेत्रका कोभिड प्रभावित किसानहरुको लागि सक्षम परियोजना नाम दिएर सञ्चालन भैरहेको कार्यक्रममा सैनामैना नगरपालिकाको ५० प्रतिशत लगानी समेत रहेको छ । सोही परियोजना अन्र्तगत नगरका ११ वटै वडामा फुल खेती लगायत कृषि क्षेत्रका विभिन्न काम भैरहेका छन् । तर, सम्झौता अनुसार किसानहरुले परियोजनाबाट सेवा सुविधा नपाएको गुनासो गरेका छन् । किसानलाई प्राविधि सेवा तथा सुविधाका साथै ३० हजार रुपैयाँ दिने सम्झौता भएतापनि हालसम्म केही सहयोग नपाएको किसानहरुले बताएका छन् । आफूहरुले फूल खेती गर्दा कुनैपनि सहयोग नपाएको गुनासो किसानहरुको छ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १, रानीवगीयामा ३ कठ्ठामा फूल खेती गरेका छन् । तिहार लक्षित सयपत्रीका फुलहरु लगाएका नमुना महिला कृषक समुहले युएनडिपीबाट फुलको विरुवा, एउटा कम्पोष्ट मलको लागि ड्रम, केही भिटामिन र केही मात्रामा विषादी बाहेक सेवा नपाएको बताएका हुन् ।

सम्झौता अनुसार खटाइएका प्राविधिकहरुलाई न मलखादको विषयमा ज्ञान छ न त विषादी, रोग किरानको विषयमा नै ।

सेतो गुराँस बाल विकास सेवा केन्द्र रुपन्देहीले किसानको मेहनत देखाएर विना सहयोग युएनडिपिको पैसामा रजाई गरिरहेका छन् । त्यतिमात्र हैन उत्पादित फूल सस्तो मूल्यमा लिनको लािग किसानलाई दबाब समेत केन्द्रले दिदै आएको छ । ५० प्रतिशत लगानी गाउँपालिकाको भएपनि सेतो गुराँसको रजाईमा गाउँपालिका मुकदर्शक हुन बाहेक केही गर्न सकेको छैन ।