कृषि ज्ञान केन्द्र बाँकेले आर्थिक वर्ष २०७७÷८८ को वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । १४ करोड ५५ लाख १४ हजार बराबरको कार्यक्रम सार्वजनि गरेको हो ।

कृषि ज्ञान केन्द्र बाँकेले १४ करोड ५५ लाख १४ हजार बजेट प्रस्तुत गरेको हो । ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा सन्चालन गर्ने कार्यक्रमहरु स्मार्ट कृषि गाउँ, लसुन तथा प्याज मिसन कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गतको पकेट विकास कार्यक्रम, ब्लक विकास कार्यक्रम , स्थानीय तहको सहकार्यमा करार खेती कार्यक्रम ल्याएको छ । त्यस्तै, यस आर्थिक वर्षमा सुरु हुने कार्यक्रममा रोड कोरिडोर सडक मार्ग लक्षित तरकारी उत्पादन कार्यक्रम, आलु तथा मकै अभियानमुखी उत्पादन कार्यक्रम , बीउ भण्डारण पुर्वाधार निर्माण , कस्टम हायरिंग सेन्टर निर्माण ,कृषि पर्यटन प्रबर्द्धन कार्यक्रम , हरित स्वयंसेवक परिचालन तथा सुलभ कर्जा सहजीकरण र बजारमुखी धान उत्पादन प्रबर्द्धन कार्यक्रम लगायतका रहेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले बताउनुभयो ।

ज्ञान केन्द्रले विभिन्न किसिमका कृषिका योजनाहरु ल्याएपनि उत्पादनयोग्य खेतिहरुमा बढ्दो बासोबास नियन्त्रणको लागि ध्यान नदिए योजना योजनामै सिमित हुने भएकाले यसतर्फ केन्द्रले ध्यान पु¥याउन पर्ने नेपाल पत्रकार महासंघका अध्यक्ष ठाकुर सिंह थारु बताउनुहुन्छ ।

कृषि ज्ञान केन्द्र बाँकेले सार्वजनिक गरेको कार्यक्रमको कार्यान्वयन प्रभावकारी भएमा विस्तारै बाँके आगामी दिनमा कृषिमा आत्मनिर्भर हुनुका साथै निर्यात गर्न समेत सफल हुनेमा दुई मत छैन । कार्यक्रमको प्रभावकारी कार्यान्वयनतर्फ केन्द्रले ध्यान दिन आवश्यक छ ।