झापाको कनकाई नगरपालिकामा बासोबास गर्दे आएका भूमिहीन र अव्यवस्थित बसोबास गर्ने परिवारलाई लालपूर्जा वितरण गर्ने तयारी गरीएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगले पहिलो चराणको लालपूर्जा वितरण गर्न देशभर १४ वटा स्थानीय तहसँग गत कार्तिक १४ गते सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार प्रदेश १ मा झापाको कनकाई र उदयपुरको बेलका नगरापलिकामा लालपूर्जा वितरणको काम अन्तिम चरणमा पुगेको बताइएको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद पोखरेलका अनुसार मङसिर १४ गते नगारपािलकाले सूचना जारी गरी २०७८ असार मसान्तसम्म भूमिहीनलाई र असोजभित्र अव्यवस्थित बसोबास गर्नेलाई लालपूर्जा वितरण गर्ने छ । नगरापलिकाले अधिकतम ३० कठासम्मको लालपूर्जा दिने तयारी थालेको छ ।