गरे के हुदैन झापाका ३ जना युवाले ३० बिघा क्षेत्रफलमा कृषि कर्म गर्दे कागती, माछा र तरकारीमा विशेष गरि लहरे बालि उत्पादन गरेका छन् । आफनै देशमा केही गर्छु भनेर लागेका यी युवाले आजसम्म राज्यस्तरबाट न आर्थिक सहयोग नै पाएका छन् न त प्रोत्साहन ।

झापा अर्जुनधारा नगरपालिका (११ का डम्बर चौधरी, भक्त बहादुर भुजेल र निर्मल अधिकारी जस्ता युवा मिलेर बृहत् रुपमा मामाभान्जा कृषि फर्म दर्ता गरेर ३० बिघा क्षेत्रफलमा कृषि कर्म गर्दै रमाईरहेका छन। कागती, माछा तरकारीमा विशेष गरि लहरे बालि उत्पादन गरेका छन। तेज पता लिची कागतीको नर्सरी समेत गरेका छन।

बिगत १ दशक देखि कृषिमा रमाईरहेका यी युवाले बृहतरुपमा काम गर्दै आएका छन तर उत्पादन गरे पनि लकडाउनमा निकै घाटा सहनु पर्यो। बजार ब्यवस्थापन हुन नसक्दा बाहिर निर्यात हुन नसकेको कृषक डम्बर चौधरी बताउछन ।

अहिले स्क्वाइस फर्सीको बीउ चीनबाट ल्याएर नर्सरी गरि बिरुवा रोपेका छ्न। बिगतमा राज्यले अनुदान दिएपनी सिमित रकमले बृहतरुपमा काम गर्नेको लागि अनुदान प्रणाली परिवर्तन गरि उत्पादनको आधारमा अनुदान दिनु पर्ने बताउछ्न ।

तिन जना युवाले झापा जिल्लाकै अर्जुनधारा, भद्रपुर लगायतको ठाउँमा जग्गा भाडामा लिएर बृहत रुपमा काम गरि रहेका छन् । नेपाल भरी नै तरकारी बितरण गर्ने लक्ष्य लिएपनी जग्गाको खोजिमा रहेको बताउछन ।

गर्दा असम्भव भन्ने कुरालाई सफलतामा परिणत गरेका छन। नेपाली युवा बिदेशिएका बेला बिदेशको भन्दा नेपाल मै सुन फलाउन सकिन्छ। अरुको देशमा भाडा मास्काउन सक्ने तर नेपालमा अल्छी गर्नेको लागि डम्बर जस्ता उद्द्मी युवाबाट प्रेरणा लिन सकिन्छ। दैनिक ३० देखि ३५ जनाले रोजगारी पाइरहेका छ्न। यसरि नेपालमै बृहतरुपमा तरकारी फलाए पनि यी युवाहरुलाई राज्यले अझै प्रोतसाहन गर्न सकेको छैन।