चाँगुनारायण नगरपालिकाले नगरभित्र रहेका किसानलाई किसान क्रेडिट कार्ड प्रदान गर्ने भएको छ । मंसिर १४ गते नगरपालिका र आर. एण्ड डि इनोभेटिभ सोलुसन प्रा.लि बीच किसान क्रेडिट कार्ड सम्बन्धी सम्झौता भएको छ । यस कार्यले नगर भित्र रहेका किसानलाई कृषि उद्यम गर्नका लागि लगानीको समस्या पर्ने छैन । सम्झौता पत्रमा हस्ताक्षर गर्दै नगरपालिका प्रमुख सोम प्रसाद मिश्रले किसानलाई वित्तिय तथा प्राविधिक सेवा पु¥याउनका लागि किसान के्रडिट कार्ड कोसेढुंगा सावित हुने बताउनु भयो । कार्डको प्रयोग गरी कृषकहरूले बैंक माफर्त पाएको सहुलियत कर्जालाई कृषि कर्मका लागि अत्यावश्यक बीउ, मल, औजारहरू खरिद गर्न सक्नेछन् । नेपाल सरकारले कृषिमा वित्तिय पहँुच पु¥याउने उद्देश्यले विभिन्न कार्यक्रमहरू ल्याए पनि लक्षित वर्गमा पुग्न नसकेको सन्र्दभमा किसान क्रेडिट कार्ड माफर्त नगरका किसानहरू माझ सहुलियत कर्जा सहज रुपमा पु¥याई कृषि क्षेत्रको व्यवसायिकरणमा सहयोग पु¥याउने छ । व्यवसायिक कृषि तथा पशुपालन र महिला उद्यमीलाई यस अघिदेखि नै प्राथमिकता दिन्दै आएको चाँगुनारायण नगरपालिकाले कोरोना महामारीका कारण रोजगारी गुमाएका नगर भित्रका युवाहरूलाई लक्षित गरेर मेयर उद्यमशिलता कार्यक्रम संचालनमा ल्याइसकेको छ ।।