जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णयमा सर्वोच्च अदालतले रोक लगाएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र मनोजकुमार शर्माको संयुक्त इजलाशले जग्गाको कित्ताकाट रोक्न माग गर्दै दायर रिटमा फैसला सुनाएका हु्न । खेतीयोग्य जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णयविरुद्ध अधिवक्ता सन्तोष भण्डारीले २०७७ भदौ २८ गते रिट दायर गरेका थिए । भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले गत भदौ १८ गते रोक्का रहेको जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेको थियो । उर्वर भूमी मास्ने योजनाका साथ निर्णय आएको भन्दै रिटमा कित्ताकाट रोक्न माग गरिएको थियो । सर्वोच्चले सो मागमा रिट जारी हुने फैसला सुनाएको हो । यसअघि भदौ २९ गते सर्वोच्च अदालतले कित्ताकाट खोल्ने मन्त्रालयको निर्णय कार्यान्वयन नगर्नू भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।।