महेन्द्रराजमार्ग अन्तर्गत पुर्वको सप्तरी र सुनसरी जिल्ला जोड्ने सबैभन्दा ठूलो नदि सप्तकोशी वरपरका अधिकांश नागरिकको जिबिका माछा बेचेर नै चलेको छ । यहाँको माछा स्वादिष्ट र अर्गानिक हुने भएकोले राजमार्ग हिड्ने सार्वजनिक सवारी साधन होस या निजि जो कोहि पनि रोकेर माछा लिएर जान्छन । एक रिपोर्ट

यी हुन बलाराम मुखिया कोशी ब्यारेज नजिक घर छ ।उनको दिनचर्या माछा बेचेर नै चलेको छ। उनि माछा मार्नकालागी तयारी गर्दै छ्न। हामी बेलुका ३ बजे उनलाई कोशी नदिको किनारमा भेटियो। उनी माछा मार्न ३ घन्टा डुङ्गा सयर गर्दै हनुमाननगर पुग्छ। अर्को दिन बिहान १२ बजे सम्म फर्किन्छ। कहिलेकाही दिनमा ५० केजि देखि १ क्विन्टल सम्म कमाई हुन्छ।

त्यस्तै नन्दकिशोर मुखियाको दिन चर्या पनि माछा मारेर जिविका चलेको छ भने खेती पनि १ बिघा गर्छन। दिनको १ देखि २ हजार माछा बेचेर कमाउछन। १० जनाको परिवार पालेको छ।

भारत र नेपाल लगायत गरि १ हजार जना भन्दा बढिको परिवार यहि माछा मारेर नै जिविका चलेको छ।

माछा मारेर ल्याउदै गरेको भारतिय नागरिक छुतरु मुखिया नजिक हामी पुग्यौ। उनले साढे ३ केजि माछा मारेर ल्याए, प्रती केजि ४ सय ५ सयमा बिक्री गर्छन । नदिमा ठेक्का पट्टा नलागेकोले कुनै कर तिर्नु नपर्ने हुँदा यहाँका मछुवारा आफ्नो पेशामा खुसी छन।

एक युवा शिबदत मुखिया जसको माछा मार्ने बाहेक अरु केही गर्दैन। रिपोर्टिङ गरेको दिन हामिले प्रश्न गर्दा उनले २० केजि माछा मारेको सुनायो र उनले १० हजार कमाए।

महिला होस या पुरुष माछा मार्ने देखि माछा बेच्ने सम्मको दैनिक पेशा राम्रोसंगले चलेको छ। भने अर्को तर्फ माछाका होटेलहरु।