माघे सङ्क्रान्ति नजिकिएसँगै बजारमा तरुलको कारोबार बढेको छ । सोमबारदेखि बजारमा तरुलको कारोबार बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । काठमाडौं उपत्यकामा सबैभन्दा बढी सर्लाहीबाट तरुल भित्रिएको छ । समितिका अनुसार दैनिक बजारमा ६० देखि ७० मेट्रिक टन तरुल भित्रिएको छ । थोक बजारमा पाल्पाको हात्ती पाइले तरुल किलोका ९० देखि एक सय रुपैयाँ, धरानको हात्ती पाइले तरुल ५० देखि ६० रुपैयाँ थोक मूल्य छ । यस्तै, वन तरुल किलोको १२० रुपैयाँ किलो, पाताले तरुल १ एक सयदेखि १४० रुपैयाँ, सर्लाहीको तरुल किलोको ६० देखि ७० रुपैयाँ, सिमल तरुल किलोको १२० रुपैयाँ थोक मूल्य रहेको छ । मागअनुसारनै तरुल भित्रिरहेकाले भाउ खासै घट्बढ् नहुने समितिले जनाएको छ ।