प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) चितवनका तत्कालीन कार्यालय प्रमुख सोमनाथ घिमिरे सहित ३ जना विरुद्ध भ्रष्टचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ जना विरुद्ध भ्रष्टचार मुद्दा दायर गरेको हो ।

बुधबार विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा उनीहरुसँग ४ लाख १२ हजार ४७४ रुपैयाँ ३७ पैसा बिगो दाबी गरिएको छ । अख्तियारले घिमिरे सहित नारायणी एग्रो कम्पनी जगतपुर चितवनका संस्थापक सदस्य गोपीनाथ भुसाल र नारायणी एग्रोकै प्रबन्ध निर्देशक बालिकाकुमारी गिरी विरुद्ध मुद्दा दायर गरेको हो । कतिपय योजनामा कामै नगरी किर्ते गरी रकम हिनामिना गरेको र पदको दुरुपयोग गरी आफ्नै लगानी रहेको नारायणी एग्रो कम्पनीलाई अधिकांश योजना वितरण गरी हिनामिना गरेको भन्ने उजरी परेपछि अख्तियारले उनीहरुमाथि अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान पछि उनीहरुले सरकारी रकम हिनामिना गरेको पुष्टी भएपछि अख्तियारले बुधबार मुद्दा दायर गरेको जनाएको छ ।