ईलाम ।पछिल्लो समय यस क्षेत्रको प्रवद्र्धनका लागि जिल्ला वनस्पति कार्यालयले पनि यहाँ वनस्पति उद्यान केन्द्र निर्माण गरेको छ । केन्द्रले यसै क्षेत्रबाट ७० हजार औषधिजन्य वनस्पति र ३० हजार किवीको बिरुवा वितरण गर्ने जनाएको छ । केन्द्रका नर्सरीमा अहिले एक लाख पाँच हजार बिरुवा रहेका छन् ।

तीमध्येबाट एक लाख बिरुवा किसानलाई वितरण गर्ने केन्द्रले जनाएको छ । “हामीले कम्तीमा पनि एक लाख बिरुवा वितरण गर्छौं”, केन्द्रका वैज्ञानिक अधिकृत जीवन पाण्डेले भने, “हामीले करीब एक लाख पाँच हजार बिरुवाको बीउ लगाएका छौं । कीरा लागेमा वा रोग लागेर पाँच हजार जति मरेपनि एक लाख बिरुवा बाँड्ने लक्ष्यमा छौं ।”

किसानका लागि वितरण गर्न केन्द्रसँग लौठ सल्ला ३० हजार, सिल टिमुर ३० हजार, तेजपत्ता १० हजार, बोट टिम्मुर पाँच हजार र किवी पाँच हजार बिरुवा रहेका छन् । किसानलाई औषधिजन्य जडीबुटीको खेतीमा प्रोत्साहन एवं प्रवद्र्धन गर्न वनस्पति अनुसन्धान केन्द्रले जडीबुटीका बिरुवा निःशुल्क वितरण गर्ने भएको छ ।

केन्द्रले ७० हजार औषधिजन्य वनस्पति र ३० हजार किवीको बिरुवा वितरण गर्ने जनाएको छ । केन्द्रका नर्सरीमा अहिले एक लाख पाँच हजार बिरुवा रहेका छन् । रासस