स्याङ्जा जिल्लाको गल्लाङ् नगरपालिका भित्रने पेलाकोट पिडखोला, सेतीबेणी, सडक सिलन्यास भएसँगै किसानहरु हर्षित भएका छन् । सडक निर्माण सँगै कृषि उपजको बजारीकरणमा सहज हुने भएपछि उनीहरु हर्षित भएका हुन् ।

स्याङ्जाको गल्याङ नगर पालीका भित्रिने साबिकको पेलाकोट, पिडिखोला सडक हिउदमा धुलो र बर्षा याममा हिलोले स्थानीयहरु आजित बन्दै आएका थिए । हिउदमा धुलो र बर्षा याममा हिलोले आजित बन्दै आएका स्थानीयको समस्या छिटै समाधान हुने देखिन्छ । सडक स्तरउन्नति नहुदाँ कृषकहरुले उत्पादन गरेका कृषि उपजको बजारीकरणमा समेत समस्या हुदै आएको तियो । सो क्षेत्रको सडक खण्डको स्तरउन्नतीको लागि आइतबार एक कार्यक्रमका बिच कृषि तथा पशुपन्छी विकास मन्ी पद्मा कुमारी आर्यालले शिलन्यास गरेसँगै कृषक र स्थानीयको समस्या समाधान हुने अपेक्षा गरिएको छ । बाटोको स्तन उन्नती हुने भयपछी सिरौसा तथा स्यालबास मा उत्पादन भएका सुन्तलाले बजार पाउने भएपछि कृषकहरुपनि खुसी भएका छन् । बाटो अप्ठ्यारो हुदा बजार संम्म घन्टौ हिनेर जानुप्रर्ने अबस्था रहदै आएको थियो । सो अयोजना १५ करोड लगातमा निर्माण हुँदै छ । सडक बनेसँगै कृषकले गाउमा उत्पादन गरेका सुन्तला, कोदो मकैले बजार पाउने छ ।

हरेक गाउमा उत्पादन भएका कृषि जन्य सामाग्री बजार सम्म ढुवानीका लागी मुख्य क्षेत्र यातयात नै हो । सडकको स्तरउन्नती भएसँगै गल्याङका कृषकहरुले उत्पादन गरेको कृषि उपजको बजारीकरणमा सहज हुने छ ।