सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा नेपाल ल्याइएको ब्रोइलर कुखुरा नियन्त्रणमा लिएको छ। बुधबार बाँकेको विभिन्न नाकाबाट अवैध रुपमा ल्याइएका ३ सय ३२ वटा कुखुरा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीले बरामद भएको कुखुरा पशु क्वारेनटाइन नेपालगन्जलाई बुझाएको प्रहरीले जनाएको छ । प्रहरीले बुझाएको ३ सय ३२ कुखुरा नष्ट गरिएको पशु क्वारेनटाइन नेपालगन्ज बाँकेका वरिष्ठ पशु चिकित्सक डा. भक्त निउरेले जानकारी दिनुभयो । सरकारले भारतबाट पंक्षी तथा पंक्षीजन्य पदार्थ ल्याउन प्रतिबन्ध लगाए पनि नेपालगञ्जमा दैनिक ठूलो मात्रामा कुखुरा भित्रिने गरेको व्यवसायीको गुनासो रहेको छ।यसैलाई मध्यनजर गर्दै प्रहरीले नाकाहरूमा कडा निगरानी गरिएको डा. निउरेको भनाई छ । उहाको अनुसार बर्डफ्लुका कारण सुरक्षा निकायको गतिविधि बढेका कारण पनि पछिल्लो समय धेरैको संख्यामा अवैध कुखुरा नियन्त्रणमा लिएको हो ।