झापा अर्जुनधारा गाउँपालिका वडा – २ खुदुनाबारीका कविन्द्र भण्डारीको पुर्ख्यौली पेसा खेती किसानी हो । पहिले धान, मकै र गहुँ मात्रै लगाउँदै आएका भण्डारी २ वर्षयता भने तरकारी खेती गर्न थालेका छन् । १० बर्ष विदेश बसेका उनि आफनै भूमिमा केहि गर्छु भनेर तरकारी खेती तर्फ आकर्षित भकएका हुन् ।। एक रिपोर्ट

झापा अर्जुनधारा गाउँपालिका वडा २ खुदुनाबारीका कविन्द्र भण्डारीको पुर्ख्यौली पेसा खेती किसानी हो। पहिले धान, मकै र गहुँ मात्रै लगाउँदै आएका भण्डारी २ वर्षयता भने तरकारी खेती गर्न थालेका छन्। १० बर्ष विदेश बसेका उनि आफनै भूमिमा केहि गर्छु भनेर तरकारी खेती तर्फ आकर्षित भकएका हुन्।

भण्डारी परिवार उज्यालो हुँदादेखि साँझसम्म खेतमै व्यस्त हुन्छन्। उनले मेहनत गरे अनुसार राम्रो लाभ लिएका छन् । व्यावसायिक रुपमा तरकारी खेती गर्ने लहर चलेपछि उनी हरियो तरकारी खेतीमा आकर्षित भएका हुन्। दैनिक १ क्विन्टल बोडी, लौका काक्रा, करेला उत्पादन गर्दै नजिकको बजारमा शनिश्चरे, बिर्तामोड खुदुनाबारी लागाय ठाउँमा पुग्याउछन। बजारीकरणमा अहिले थोरै मात्रामा समस्या भएको गुनासो व्यक्त गर्छन। बाइट कविन्द्र भण्डारी ब्यबसायिक तरकारी किसान

दैनिक नियमति ३ जनालाई रोजगारी दिएका उनको अर्गानिक तरकारी कृषि फर्मको नामले समेत दर्ता गरि ब्यबसायिक तरकारी खेति गरेका हुन्। मलको अभाब भएकोले भैसी समेत पालन गरेका छन्। धान मकै भन्दा तरकारी खेति मै सन्तुष्ट रहेको बुवा मुक्तिनाथ भण्डारीको तर्क छ। बाइट मुक्ति नाथ भण्डारी ब्यबसायिक तरकारी किसान

उनले २२ कठ्ठामा तरकारी खेती गरेका छन्। अर्को तर्फ भने वर्षभरि मेहनत गरे पनि हरियो तरकारीको भाउ भने किसानले तोक्न पाउँदैनन्। ५० कठ्ठामा अझै तरकारी खेति लगाउने लक्ष्य लिए पनि सिचाईको मुख्य समस्या रहेको बताउछन। बाइट कविन्द्र भण्डारी ब्यबसायिक तरकारी किसान

अर्को तर्फ भने बिचौलियाले किसानसँग थोरै मूल्यमा किन्छन्। उनीहरुले उपभोक्तालाई चर्को मूल्यमा बेच्दा किसान मर्कामा परेका छन्। आफूले उत्पादन गरेको कृषि उपजको भाउ किसानले तोक्न नपाउनु नै मूख्य समस्या हो।

कहिलेकाहीं पाँच रुपैयाँ किलोमा बोडी बेच्नुपर्छ। अहिले प्रति किलो ६० देखि ७० रुपैया बिक्रि गर्दै आएका छन्। बजार भाउ राम्रो रहेपनि बजारीकरणमा थोरै समस्या छ। राज्यले मल र बिउमा अनुदान तथा किसानलाई विभिन्न उपकरणमा सहयोग गर्ने योजना ल्याए पनि भण्डारी जस्ता किसानालाई अझै प्रोत्साहन गर्न सके अझैँ यस्ता युवाहरु कृषि कर्म तर्फ आकर्षित हुने थियो।