मोरङको ग्रामथान गाउँपालिकाको सहयोग तथा हाम्रो प्रगति नेपाल सुन्दरहरैंचा -११ को आयोजनामा ४ दिनेबालबालिकाउदघोषण तालिम संचालन भएको छ। गाउँपालिका कार्यालय तेतरियाको सभा हलमा भएको उक्त कार्यक्रममा बालबालिकाको क्षमता र व्यक्तित्व बिकास गर्ने उद्धेश्यले तालिम आयोजना गरेको हो । बालबालिकालाई हरेक क्षेत्रमा अगाडी बढाउँन सहज हुने तथा सामाजिक बिकासमा समेत अग्रसर गराउन तालिम संचालनले महत्वपूर्ण भूमिका खेल्ने छ। २५ जना बिभिन्न बाल संजालबाट सभागी भएको उक्त कार्यक्रममा खेल तथा बालमैत्री मनोबैज्ञानिक ढंगले प्रशिक्षक एलएन गच्छदारले तालिम दिएका छन्।

सुरुमा डर लाग्ने बोल्न नसक्ने कार्यक्रममा सहभागी नबिन खडका तालिम लिएर धेरै कुरा सिकेको बताउछ। बाइट नबिन खडका सहभागी
उदघोषण तालिम लिएका सहभागी उमा अधिकारीलाई तालिम उपलब्धि मुलक भएको अब हरेक कार्यकर्म संचालन गर्न सक्ने र बोल्न सक्ने बताउछिन।

उदघोषण तालिम लिईसके पछी प्रशिक्षार्थीहरुले रेडियो वा टेलिभिजनमा नै उदघोषण गर्नु पर्छ भन्ने छैन। यसले व्यक्तिको व्यक्तित्व विकास गर्न पनि सहयोग पुर्याई रहेको हुन्छ। ४ दिने तालिमको पहिलो दिन मासमा बोल्न नसक्ने अहिले आएर निर्धक बोलन सक्ने सहभागी बताउछन। त्यसै गरि पवित्रा अधिकारीले तालिम लिएपछिआफुमा परिवर्तन भएको निर्धक साथ बोल्न सक्ने भएको बताउछिन।

स्थानीय निकायमा जन प्रतिनिधिबाट निर्वाचित भएपछि भौतिक पूर्वाधार बिकास निर्माण संगै महिला,बालबालिका, कृषि पशुपालन लगायत लक्षित समुदायमा तालिम पालिकाले काम गरिरहेको छ। ४ दिने बालाबालिका लक्षित उदघोषण तालिममा प्रशासकीय प्रमुख गणेश बहादुर कार्की तथा गाउँपालिका उपाध्यक्ष फूलकुमारी चौधरीले अनुगमन समेत गरेनुभयो। अनुगमन क्रममा तालिम प्रभाबकारी भएको र यस किसिमको कार्यक्रमले सहभागी बालबालिकालाई ठुलो टेवा पुग्ने बताउछिन।

गाउँपालिका प्रशासकीय प्रमुख गणेश बहादुर कार्कीले बालबालिकालाई सकारात्मक सोच बिकास तर्फ अग्रसर भएर अघि बढ्न र राम्रो बिषयबस्तु खोजेर प्रस्तुत गर्न सुझाब समेत दिनुभयो।
हाम्रो प्रगति नेपाल संस्थाले बिभिन्न गाउँपालिका नगरपालिकामा तालिम संचालन गर्दै सामाजिक उतरदायित्व पुरा गर्दै काम गरेको अध्यक्ष भुवन बजगाईको भनाई छ।

आफूभित्र गुम्सिएर रहेको प्रतिभालाई प्रस्फुटित गर्न साथै सफल उदघोषक बनेर समाज र राष्ट्रलाई अवश्य पनि केहि योगदान पुर्याउन सकिन्छ। मनमा लागेका कुराहरु सरल ढंगले प्रस्तुत गर्न सकिने । आत्मनिर्भर बनाउन प्रेरित गर्न, ब्यबसायिक रुपमा ब्यबसायलाई अगाडी बढाउन सक्ने व्यक्ति बनाउन, परिवार, समाज र स्थानीय निकायमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नेछ। उक्त ४ दिने बालबालिका लक्षित उदघोषण तालिम चैत्र २२ गते देखि संचालन भएको थियो।